Media Network

ज्योती गुरुङको गीत ‘मेरो ड्याडी’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं। गीतकार ज्योती गुरुङद्वारा लिखित ‘मेरो ड्याडी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आज (शुक्रबार) जेजी क्रियशन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो ।

गीतमा गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ । गंगाराज राईको संगीत रहेको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् । किङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु कार्कीले मिक्सिङ एण्ड मास्टरिङको काम गरेका छन् ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सारिका केसीलाई फिचरिङ गरिएको छ । भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् । राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोमा सिमोन लामाले कलर गरेका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद