Media Network

‘कबड्डी ४’की अभिनेत्री गौमायाको नयाँ फिल्म ‘गोर्खा’ साउनमा रिलिज


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

काठमाडौं । आगामी साउनमा भिक्टोरिया क्रस विजेता कुलवीर थापाको बायोपिक फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ नेपालमा रिलिज हुने भएको छ ।

अहिले हलमा चलिरहेको ‘कबड्डी ४’की नायिका गौमाया गुरुङको मुख्य भूमिका यो फिल्ममा छ । बेलायतमा छायांकन भएको फिल्मको अहिले सम्पादन भइरहेको निर्देशक प्रदीप शाहीले जनाए ।

२५ सेप्टेम्बर १९१५ मा फ्रान्सको लुसमा बेलायती सेनाले गरेको आक्रमणको घटनामा फिल्म आधारित छ । उक्त आक्रमणमा गोर्खा राइफल्सका सैनिक थापा घाइते भएका थिए । घटनामा बाँच्न सफल उनी त्यसपछि अन्य घाइतेहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई भिक्टोरिया क्रस पदक प्राप्त भयो । उनी यो पदक पाउने पहिलो गोर्खा सैनिक बने ।

निर्देशक शाहीले विश्व शान्तिको लागि लड्ने पूर्खाहरुलाई श्रद्धाञ्जलीको लागि फिल्म निर्माण गरेको बताए । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद