Media Network

‘कबड्डी ४’ की नायिकाविरुद्ध केएल टावर अगाडी प्रदर्शन, माफी माग्नुपर्ने माग


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौं।  ‘कबड्डी-४’ की नायिका मिरुना मगरविरुद्ध चाबहिलस्थित केएल टावर अगाडी प्रदर्शन गरिएको छ । उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका छन् ।  प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । 

मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन् । उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन् । 

प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । विना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । उनलाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न संघसंस्थाले छलफल गरिरहेका छन् । 

यता चलचित्रका निर्देशक रामबाबु गुरूङले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन् । ‘तपाईहरूबाट नै मैले पनि थाहा पाएको छु । नायिकासँग सम्पर्क भएको छैन । यस विषयमा दुवै पक्षको कुरा सुनेर मात्र हामी अगाडि बढ्छौं,’ गुरूङले भने । उक्त विवादलाई लिएर चलचित्र नै बहिस्कार गर्नुपर्छ भन्ने विषय गलत भएको उनको भनाइ रहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद