पछिल्लो समयमा दर्शकद्वारा अत्याधिक रुचाइएको फिल्म कबड्डीको अर्को नयाँ सिक्वेल ‘कबड्डी ४’को टिजर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार गरिएको उक्त टिजरसँगै फिल्मको प्रदर्शन मिति समेत घोषणा भएको छ । यस अघि ‘कबड्डी’का अघिल्ला तीनवटा सिरिज ब्लकबस्टर भएका थिए ।
‘कबड्डी ४ ] द फाइनल म्याच’ २०७९ सालको वैशाख २३ गतेबाट रिलिज हुने टिजरमा उल्लेख गरिएको छ ।फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।फिल्मको टिजरमा दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको इन्ट्रीलाई आकर्षक रुपमा देखाईएको छ ।