Media Network

‘कबड्डी ४’ को विवाद सिक्किमसम्म पुग्यो


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौ । नायिका मिरुना मगर र फुर्पा तामाङबिचको विवाद सिक्किमसम्मै पुगेको छ । फिल्म सिक्किममा रिलिज गर्ने तयारी भइरहेको छ । तर, सिक्किममा फिल्म रिलिज गरेको खण्डमा त्यसको विरोध गर्ने र सडकमा नै उत्रिने चेतावनी बौद्ध धर्मगुरुले दिएका छन् ।

सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा गरेको पत्रकार सम्मेलनमा फिल्मको रिलिज रोक्न माग गरिएको छ । फुर्पा तामाङमाथि नायिकाले अन्याय गरेको र नेपालमा विवाद नसकिएसम्म सिक्किममा रिलिज गर्न नदिने चेतावनी उनको छ ।

यस्तै, पिन्त्सोले नायक दयाहाङ राइले फिल्ममा भिक्षुको भूमिका निर्वाह गरेको बिषयमा पनि आपत्ती जनाए । 

सिक्किममा फिल्म रिलिज भएको खण्डमा हल तोडफोड समेत हुन सक्ने उनको चेतावनी छ । उनले, राम्रो मुखले आफूहरुले आग्रह गरेको भन्दै सिक्किममा फिल्म रिलिज नगर्न चेतावनी दिए ।उनले, नायिका मिरुना मगरले फुर्पा तामाङसँग र बौद्ध धर्माबलम्बीसँग माफी नमागेसम्म फिल्म रिलिज गर्न नदिने बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद