Media Network

’कबड्डी ४’ ले मच्चायो हंगामा : पहिलो दिनमै साँढे तीन करोडको व्यापार


खबरस्टोरी संवाददाता

१४ जेष्ठ २०७९,शनिबार

काठमाडौ । रिलिजको पहिलो दिन नै फिल्म ’कबड्डी ४’ ले नेपाली सिने बजार धमाका मच्चाएको छ ।

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा साँढे ३ करोडको व्यापार गरेको छ । नेपाली फिल्म इतिहासमै यो पहिलो फिल्म हो जसले पहिलो दिन नै यतीको व्यापार गरेको हो ।

पहिलो दिन बाट हाउस फुल बनेको फिल्मलाई दर्शकले अत्यधिक रुचाएका छन् । फिल्मलाई बिग मुभिजले १७ र एफक्युबले पनि १७ शो दिएका छन् । 

कीर्तिपुर हलमा ६ वटा शो सबै हाउस फुल छन् । यस अघि बलिउड फिल्म केजिएफले ८० शो पाएको थियो । बलिउडले पाएको शोको रेकर्ड ब्रेक गर्दै फिल्म ’कबड्डी ४’ ले ९० भन्दा बढी शो पाएको छ । 

 फिल्ममा दयाह्याङ राई , सौगात मल्ल , बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय छ । फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद