Media Network

केकेको पोष्टमार्टम रिपोर्ट : धेरै उत्साहित भएकै कारण अट्याक आयो


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

बलिउड गायक केके (कृष्णकुमार कुननाथ) को पोस्टमार्टम रिपोर्टमा केके अति उत्साहित हुँदा उनको मुटुमा ८० प्रतिशत रक्तसञ्चार ब्लकेज भएको र त्यसैका कारण हर्ट अट्याक भएर उनको मृत्यु भएको उल्लेख छ । 

चिकित्सकहरूका अनुसार बेहोस भएलगत्तै सीपीआर दिएको भए उनको ज्यान बच्न पनि सक्थ्यो । 

पोष्टमार्टममा यस्तो कुरा उल्लेख 

१. समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै केकेको पोस्टमार्टममा संलग्न डाक्टरले केकेको मुटुको बायाँ भागमा ८० प्रतिशत रक्तसञ्चार ब्लकेज (बन्द) भएको र अन्य ठाउँमा सानो अवरोध भएको बताएका छन् ।

२.लाइभ शोमा, केके यताउता घुमिरहेका थिए र भीडसँग नाचिरहेका थिए । यसले उनलाई थप उत्साहित बनायो, जसका कारण उनको मुटुमा रक्तसञ्चार रोकियो, जसले गर्दा उनलाई हृदयाघात भयो । हृदयाघात हुँदा मानिसको मुटुको धड्कन तुरुन्तै बन्द हुन्छ ।

३. रक्तप्रवाह रोकिएपछि गायकको मुटुको धड्कन अनियमित भएको चिकित्सकको भनाइ छ । केहीबेरमा केके बेहोस भए र उनको हृदयाघात भयो । सोही समयमा सीपीआर दिएको भए उनी आज बाँच्ने थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद