Media Network

कलाकार जोगिन्दर महाधिवेशन प्रतिनिधिमा निर्वाचित


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७८,बुधबार

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट कलाकार शिव शंकर रिजाल (जोगिन्दर) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 

उनी कलाकरिता क्षत्रमा जोगिन्दरको उपनामले परिचित रहेका छन् । नेपाल सांस्कृतिक संघको महामन्त्री समेत रहेका रिजाल दोस्रोपटक सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर ५ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । 

साथै कलाकार रिजालले आफुहरु लोकतान्त्रिक पार्टी भएकै कारण प्रतिष्पर्धा गर्ने तर, नतिजा आएपछि आफुहरुको लक्ष्य र उद्देश्य एक नै हुने बताएका छन् ।

उनले १४ औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताएका छन् । 

उनले भने, "हामी कलाकारले अब हाम्रो आवाज पार्टीमा अझै बुलन्द रुपमा राख्न सक्छौँ, यसबाट कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाहरूलाई अवश्य टेवा पुग्ने छ ।"

उनी कलाकरिता क्षत्रमा जोगिनदर उपनामले परिचित रहेपनि उनको नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा आरम्भ भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद