कलाकार विल्सन विक्रम बने छोरीका पिता


खबरस्टोरी संवाददाता
२३ मंसिर २०७८, बिहीबार
कलाकार विल्सन विक्रम बने छोरीका पिता

काठमाडौँ ।  हास्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ दोस्रो पटक पिता बनेका छन् । 

उनकी श्रीमती सरिना लामाले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । राईले छोरी जन्मिएको जानकारी गराउँदै उनको नाम सभ्यता विक्रम राई रहेको समेत जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै उनले छोरी बोकेको तस्बिर समेत सार्वजनिक गरेका छन् ।