Media Network

कान्तिपुर हाफ म्याराथनः सशस्त्रका पार्की प्रथम


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौँ । कान्तिपुर मिडियाको हाफ म्याराथनको दसौं संस्करणअन्तर्गत शनिबार विहान भएको दौडमा पुरुषतर्फ सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन् । 

पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा उनले पार्कीले १ घण्टा ७ मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । पार्कीले पछिल्लो संस्करणका विजेता अनिश थापामगरको रेकर्ड तोडेका छन् । पछिल्लो पटक अनिशले १ घन्टा ०८ मिनेट ०४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । पार्की १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा ५ हजार मिटर दौडमा स्वर्ण पदक विजेतासमेत हुन् ।

त्यस्तै, त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो भए । उनी पार्कीभन्दा ९ सेकेन्डले पछि परेका थिए । उनले १ घण्टा ७ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पूरा गरेका हुन् । त्रिभुवन आर्मी क्लबकै मुकेश पालले १ घण्टा ८ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भएका छन् । 

कान्तिपुरी २१.१ किमिमा महिला र पुरुषका विजेताले १–१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद