Media Network

कपिलको फिर्के


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडौँ। बि.स. २०७६ देखि एन टि भि प्लसबाट प्रशारण हुने “कुरा मात्र भो” टेलीसिरिएलमा नेताको पि.ए. को भूमिकाबाट कलाकारीतामा प्रबेश गरेका कपिल देबकोटाले फिर्के नामको हास्य टेलिसिरियल सुरु गरेका छन् । उनले  हल्कारमाइलो, तिरीमिरी, यो कस्तो भाग्य, यो कस्तो समाज, बुहारीको पिडा लगाएत बिभिन्न सर्ट मुभी र बिज्ञापनहरुमा अभिनय गरिसकेका छन् । 

आफूले बिभिन्न ठाउँमा अभिनय गरेको अनुभवको आधारमा आफ्नै लेखन, निर्देशनमा फिर्के हास्य सिरियल सुरु गरेको उनको धारणा छ । हाल प्रत्येक शुक्रवार युटुबमा आउने भए पनि व्यवसायिक टेलिभिजनबाट पनि प्रसारणको गृहकार्य भईरहेको उनले बताए । काठमाडौको उत्तरी भेगको भेडीगोठको सेरोफेरोमा फिर्के  छायांकन हुने गरेको छ । सिरियलले उपत्यकाको निम्न मध्यम वर्गीय परिवारको बास्तविक स्थितीलाई देखाउन खोजेको छ ।  

फिर्केको मुख्य भूमिकामा कपिल देवकोटा आफै छन् भने कलाकारहरुमा डिल्ली निरौला, सुनिल भट्टराइ, बविन्द्र कार्कि , सनिसा मगर, जिया गजमेर, मदन निरौला, अभिराज खाती, प्रविन बराम लगायतका छन् । सिरियलले सामाजिक र हास्य विषयलाई प्राथमिकतासाथ उठाउने निर्देशक देवकोटा बताउँछन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद