Media Network

‘कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार’ भनेपछि विवादमा तानिए रमेश उप्रेती


खबरस्टोरी संवाददाता

२३ बैशाख २०७९,शुक्रबार

 काठमाडौं। एक अन्तर्वार्तामा बलात्कारको विषयलाई लिएर टिप्पणी गरेपछि अभिनेता रमेश उप्रेती विवादमा तानिएका छन्। उप्रेतीले ‘बलात्कार हुने बित्तिकै चिच्याउनुपर्छ’ भन्ने टिप्पणी गरेपछि विवादमा तानिएका हुन्। 

त्यसो त नेपाली कलाकारले कहाँ के बोल्नुपर्छ भन्ने हेक्का नराख्दा विवादमा तानिरहन्छन्।  गत मंगलबार उनले एक टिभी कार्यक्रममा ‘कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार’ आशयको टिप्पणी दिएका थिए।

‘पहिलो कुरा त बलत्कार हुनेबित्तिकै कराउनुपर्ने वा भोलिपल्टै प्रहरीमा गएर उजुरी दिनुपर्ने' उप्रेतीले कार्यक्रममा भनेका थिए। 

पललाई एक नाबालिग गायिकाले दुई ठाउँमा बलात्कारको मुद्दा  दर्ता गराएकी थिइन्। सोही कुरालाई इंगित गर्दै भनेका छन् ‘अनी, हरेक ठाउँमा बलात्कार हुँदैन। एक ठाउँमा भएपछि भयो।’

उनको यो अभिव्यक्ति पल शाह प्रकरण लक्षित थियो भन्ने पनि बुझिन्छ। उप्रेतीको यस्तो बयानलाई लिएर नायिकाद्वय बेनिशा हमाल र स्वस्तिमा खड्काले आपत्ति जनाएका छन्।

उनीहरुले आफ्नो इन्स्टाग्राममा रमेश उप्रेती बोलेको भिडियो क्लिप सेयर गर्दै उप्रेतीको सोच गलत रहेको बताएका छन्। बेनिशा हमाल र स्वस्तिमा खड्काले पल शाह पीडक नरहेको समेत भन्न भ्याएका छन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद