Media Network

करिअरको टर्निङ्ग पोइन्ट बन्यो रेश्माको ‘केशरी’


कविता तिमिल्सिना

१४ चैत्र २०७८,सोमबार

‘आँखामा सपना केशरी, लजाउँदै नहेर त्यसरी 

फूलैको बाटोमा फुलनी, आश लाउँछ म तिम्रो हुँला नि’

आगामी जेठ १३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘कबड्डी ४ ः द फाइनल म्याच’ को ‘केशरी’ गीत यतिबेला टिकटकमा निकै नै भाइरल भइरहेको छ । यूट्युबमार्फत २० दिनअघि सार्वजनिक भएको यो गीतले अहिले टिकटकमा दर्शकको मन जित्न थालेको छ । यूट्युबमा ३५ लाख भन्दा बढी पटक हेरिएको यो गीतमा अहिले लाखौंले भिडियो बनाएर टिकटकमा अपलोड गरिरहेका छन् ।

पछिल्लो समय टिकटकले गीतको लोकप्रियता बढाउने मामलामा वरदान सावित भएको छ । ‘केशरी’ गीतलाई पनि दर्शकको ठूलो वर्गमा पु¥याउन टिकटकले निकै नै सघाएको छ । यूट्युबमा गीत हेर्ने प्रायः दर्शकहरु टिकटकमा सानो अंश सुनेपछि यूट्युबसम्म पुग्ने गरेका छन् । गीतको बढ्दो चर्चाले फिल्मको राम्रो हाइप चुलिएको छ । यसको फाइदा सिनेमाको व्यापारमा पर्न सक्ने देखिन्छ ।

यूट्युबमा नौ लाख बढीले हेरेको यो गीत एक लाख बढी लाइक्स तथा तीन हजारभन्दा बढी कमेन्ट गरेका छन् । कमेन्ट हेर्दा दर्शकबाट गीतलाई शतप्रतिशत उत्कृष्ट प्रतिक्रिया मिलेको देखिन्छ । धेरैले संगीत क्षेत्रमा ‘केशरी’ गीतले क्रान्ति ल्याएको बताएका छन् ।  गीतमा एसडी योगीको स्वर, राम अविरल विष्टको शब्द र गायक योगीकै संगीत छ । गीतको भिडियोमा फिल्मका अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर फिचर छन् ।  

त्यस्तै, यो गीतको फिमेल भर्सन भने कभर गीतका रुपमा यूट्युबमा अपलोड छ । गायिका रेश्मा पुनःको स्वरमा कभर गरिएको उक्त गीतको लिरिकल भिडियो भने गायक तथा संगीतकार योगीको यूट्युब च्यानलमा दुई साताअघि अपलोड भएको छ ।

रमाइलो कुरा त के छ भने टिकटकमा केशरी गीतमा महिला तथा पुरुष दुबैको स्वर उत्तिकै लोकप्रिय बनेका छन् । महिलाहरुले महिलाकै स्वरमा टिकटक बनाएका छन् भने पुरुषहरुले पुरुषकै स्वरमा टिकटक भिडियो बनाएका छन् । आकर्षक शब्दहरुले सजिएको यो गीतको धुन निकै सुमधुर छ । त्यसैले पनि यसले टिकटकमा प्रभुत्व जमाउन थालेको अड्कल काट्न सकिन्छ ।

यतिबेला ‘कबड्डी ४’ को गित केशरीसँगै गायिका रेश्मा पुनको चर्चा निकै नै चुलिएको छ । रेश्मा नेपाली सांगीतिक क्षेत्रमा नयाँ तर सम्भावना बोकेको गायिका मानिन्छिन् । संगीत क्षेत्रमै भविष्य बनाउने सोचले संघर्षरत रेश्मा यतिबेला नेपाली चलचित्रका गीत रेकर्डिङ र सांगीतिक कार्यक्रममा गाउन व्यस्त बनिरहेकी छिन् । गायिका रेश्मासँग कविता तिमिल्सिनाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ । 


तपाईँ नेपाली सांगीतिक क्षेत्रमा लागेको कति वर्ष भयो ?

– सांगितिक क्षेत्रमा लागेको धेरै समय भएको छैन । सांगितिक क्षेत्रमा लागेको ५/६ बर्ष मात्रै भएको छ ।   


गीत गाउन केले प्रेरित गर्‍यो/ तपाईं कोबाट प्रभावित भएर यस क्षेत्रमा लाग्नुभयो ?

– गीत गाउनु मेरो सानैदेखिको सोख हो । मेरो परिवारले पनि मेरो रहरमा साथ दिनुभयो । त्यसैले मेरी आमा नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । 


पहिलो गीत कहिले रेकर्ड गर्नुभयो ?

– मेरो घर नेपालगन्ज । म सानैदेखि गीतहरु गुनगुनाइ रहन्थें । त्यतिबेला नेपालगञ्जमा एउटा लोकल स्टडियो थियो र त्यहिबेला मैले मेरो आदरणीय गुरु केशव बडुको एउटा एल्बममा गीत गाउने मौका पाएको थिएँ । त्यही नै मेरो पहिलो गीत हो । तर उक्त गीत रिलिज चाँही भाको छैन । 


हालसम्म कतिवटा गीत गाउनु भएको छ ?

– मैले त्यस्तो धेरै गीत गएको छैन । २०/२५ वटा जति गीत गाएको छु ।  


तपाईंको पारिवारिक पृष्ठभूमि ? 

– खासमा मरो  कोही पनि सांगितिक क्षेत्रमा हुनुहुन्न । म मात्रै यो क्षेत्रमा लागेको हो । मेरो परिवारबाट सांगीतिक क्षेत्रमा कोही पनि सक्रिय हुनुहुन्न । 


अहिले चर्चामा रहेको ‘केशरी’को उपलब्धिलाई कसरी लिनुहुन्छ ?

– यति लामो समय सांगीतिक क्षेत्रमा संघर्ष गरियो, मेहनत गरियो र यो मेहनतपछिको उपलब्धिलाई लिएर मनबाट नै एकदमै खुशी छु । दर्शक स्रोताहरुले अहिले आएर मलाई अझ बढी नोटिस गर्नु भएको छ ।  मेरो गीतलाई माया गरिदिनु भएको छ । यही नै ठूलो उपलब्धि मान्नुपर्छ । 


टिकटक कतिको प्रयोग गर्नु हुन्छ ?

– म खासै टिकटक प्रयोग त गर्दिन । भर्खर–भर्खरै चलाउन थालेको हो । यसरी मेरो आवाजमा भिडियोहरु बन्दा एकदमै खुशी लागेको छ। 


सुरुमा केशरीको प्रोजेक्ट गर्न तपाईंलाई खासै इच्छा नभएको भन्ने पनि हल्ला थियो के यो साँचो हो ?

– यो एउटा राम्रो चलचित्रको गीत हो । गीत पहिले नै पुरुषको श्वसमा (मेल भर्जन)मा रिलिज भइसकेको थियो । एसडी योगीले यो गीत गाउनु भएको छ । यसअघि मैले १/२ वोटा मनपर्ने कभर गीत गएको थिए तर, अब कभर गीत नभएर अफिसिएल गीतहरु गाउ भन्ने थियो त्यसैले गाउने इच्छा नभएको भन्दा पनि कभर गीत चाँही नगाउँ भन्ने थियो । 


तपाईंलाई यो गीत यसरी हिट हुन्छ भन्ने लागेको थियो ?

–  गीत यसरी हिट हुन्छ भनेर मैले सोचेको पनि थिइँन्। हामीले यत्तिकै कोशिस गर्दिउँ न त भनेर सहजै  लिइराखेका थियौं । सायद यति राम्रो प्रतिक्रिया आउने थाहा भएको भए म अझ बढी आफुलाई निखारेर यो गीत गाउँथे होला । 


यो गीत हिट भइसकेपछि तपाईंलाई नयाँ प्रोजेक्टको लागि कतिको अफरहरु आएका छन् ?

– अहिले  नयाँ प्रोजेक्टको लागि धेरै अफरहरु आएका छन्। कामहरु पनि भइराखेको नै छ । 


केशरी गीतले तपाईंको करिअरमा कस्तो प्रभाव  पार्‍यो  ?

– मेरो यो ४-५ बर्षको मेहनतमा यो गीतले धेरै नै प्रभाव  पार्‍यो  । कतिपय अवस्थामा मैले आफैले पनि लगानी गरेर गीत गाएको छु । तर यो गीतले दिएको सफलतालाई म मेरो करिअरको टर्निङ्ग पोइन्ट नै मान्छु । 


तपाईंको आगामी नयाँ प्रोजेक्ट के छ ? के आउँदै छ ?

– मेरो आफ्नै अफिसियल च्यानलमार्फत अस्ति मात्रै एउटा कौंडा गीत रिलिज भएको छ । अब छिट्टै नै आफ्नै च्यानलमार्फत गीतहरु ल्याउने तयारीमा छु ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद