कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्याे। नेपालले शृंखलाको लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो ।
नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृंखला जित्ने योजनामा छ ।