Media Network

क्रिकेट कप्तानबाट हटाइए ज्ञानेन्द्र, सन्दीपलाई दिइयो जिम्मेवारी


खबरस्टोरी संवाददाता

१ पुष २०७८,बिहीबार

काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाउँदै नयाँ कप्तानमा सन्दिप लामिछानेलाई चयन गरेको छ । 

संघको वुधबार  बसेको बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ललाई कारवाही गरेको हो । उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी पनि खोसिएको छ । मल्ल र ऐरीसहित चार खेलाडीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।

संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले जनाएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद