Media Network

क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीप्रति सिप्यानको असन्तुष्टि


खबरस्टोरी संवाददाता

५ पुष २०७८,सोमबार

काठमाडौं । क्रिकेटरहरुलाई गरेको कारवाहीप्रति क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले असन्तुष्टि जनाएको छ । मनिषराज पाण्डे अध्यक्ष र पारस खड्का महासचिव रहेको सिप्यानले संयुक्त विज्ञप्ति जारी गर्दैक्रिकेट खेलाडीमाथि गरिएको कारबाहीप्रति असन्तुष्टि जनाएका हुन् ।

सिप्यानले बिज्ञप्तिमार्फत खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने बताएको छ । खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुपर्नेमा उल्टै उनीहरुलाई कारबाही गरिएकोमा सिप्यानको ध्यानाकर्षण भएको बिज्ञप्तिमा भनिएको छ ।

‘खेलाडीहरुले आफ्ना भावना तथा आवाजहरु अगाडि राख्न खोज्दा ती मागहरुको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरु माथि नै गरिएका कारबाहीहरुले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ,’ बिज्ञप्तिमा भनिएको छ ।

वर्गिकरण्मा असन्तुष्टि जनाएको भन्दै गएको मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले चार क्रिकेटरहरुलाई कारवाही गरेको थियो । कारवाही पर्नेमा राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसमेत रहेका छन् । साथै क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद