५२ वर्षीय वार्न शुक्रबार थाइल्याण्डमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ ।प्रधानमन्त्री मोरिसनले वार्नको आकस्मिक मृत्युबाट अष्ट्रेलियाबासी निकै दुःखी भएको बताए । विश्वकै महान क्रिकेटर मध्येकै एक वार्नलाई संघीय र भिक्टोरियन सरकार, क्रिकेट अष्ट्रेलिया र उनको परिवारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।