काठमाडौँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडा अहिले काठमाडौँ आएकी छन् ।
उनी क्रिसमसको छुट्टी सेलिव्रेसन गर्न र शिक्षक तथा वामपन्थी आन्दोलनबाट परिचित बद्रीप्रसाद खतिवडा हजुरबुबाको ‘अभियन्ता’ पुस्तक बिमोचन गर्न नेपाल आएकी हुन् ।
बिहीवार राजधानीमा आयोजित हजुरबुबाको ‘अभियन्ता’ पुस्तक बिमोचन कार्यक्रममा श्रृंखला पनि उपस्थित थिइन् ।
सो अवसरमा श्रृंखलाले विश्वविद्यालयमा क्रिसमसको बिदा हुनु र नेपालमा हजुरबुबाको पुस्तक बिमोचन एकैपटक हुनु संयोग भएको बताएकी छन् ।