क्रोयसियाको पहिलो जित, फ्रान्स अष्ट्रिया बराबरी


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
क्रोयसियाको पहिलो जित, फ्रान्स अष्ट्रिया बराबरी
काठमाडौँ । यूईएफए नेशन्स लिग फुटबलमा क्रोयसियाले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा क्रोयसियाले डेनमार्कलाई १–० अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाका लागि मारियो पासालिकले खेलको ६९औं मिनेटमा गोल गरे ।

यस खेलसँगै समूह ए १ मा पराजित डेनमार्क ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ ।

लिगको शुक्रबार रातीकै खेलमा फ्रान्स र अष्ट्रिया बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो हाफमा १–० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा एक गोल गरी पराजय हुनबाट जोगियो । 

यस्तै, शुक्रबार रातीकै खेलमा स्लोभाकियाले अजरबैजानलाई १–० ले हराउँदा लाटभियाले मोल्डोभामाथि ४–२ को सानदार जित निकाल्यो । राती नै भएको अर्को खेलमा इजरायलले अल्बानियालाई २–१ ले हराउँदा बेलारुस र काजकिस्तानले एक एक गोलको बराबरी खेले ।