Media Network

कसले लिँदै छ पलको स्थान ?


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । म्युजिक भिडियोमा प्रख्यात राज गरिरहेको समय नायक पल शाह जबरजस्ती करणीको अभियोगमा जेल पुगे । अदालतको अन्तिम फैसला त आइसकेको छैन । तर, उनी अहिले थुनामा छन् । 

पल थुनामै रहे पनि उनले अभिनय गरेका  म्युजिक भिडियोहरू रिलिज भइरहेका छन् ।  पलले महिनामा २६ ओटासम्म म्युजिक भिडियोमा अभिनय गरेको पलका म्यानेजर कृष्ण जोशीले बताउने गरेका थिए ।  

 पल थुनामा पुगेपछि म्युजिक भिडियो मेकरको रोजाइमा आकाश श्रेष्ठ र पुष्प खड्का पर्न थालेका छन् । 

पल म्युजिक भिडियोमा व्यस्त रहँदा पनि आकाश र पुष्प पनि बाक्लै रुपमै म्युजिक भिडियोमा काम गरिरहेका थिए । उनीहरू दुबै फिचर फिल्मका अभिनेता पनि हुन् । 

म्युजिक भिडियोका व्यस्त निर्देशक निकेश खड्का भन्छन्, “पललाई आफ्नो गीतको भिडियोमा खेलाउन रुचाउनेहरू अहिले आकाश र पुष्पतिर बाँडिएको देखिन्छ ।” 


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद