Media Network

काठमाडौं महानगरको मेयरमा भिड्दै तीन कलाकार


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौ  । आसन्न स्थानीय तहको निर्वाचनको माहोल यतिबेला देशभर तातेको छ । । 

उम्मेद्वारी मनोनयनको समय नजिकिदै गर्दा विभिन्न पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने देखि लिएर त कोहि स्वतन्त्र रूपमा आफ्नो दाबेदारीसहित गाउँ, नगरको नेतृत्वको लागि आकांक्षीहरु दौडधुपमा मस्त देखिन्छन् ।देशको राजधानी अर्थात काठमाडौं महानगरपालिकामा कुन दलले कस्तो व्यक्तिलाई उम्मेदवारको रुपमा चयन गर्दैछ त्यो सर्वाधिक चासो र महत्वका साथ हेर्ने गरिन्छ ।

अघिल्लो पटक २०७४ को निर्वाचनमा विवेकशील नेपाली दलको तर्फबाट मेयर पदको उम्मेदवार बनेकी रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले झण्डै साढे २३ हजार मत ल्याएकी थिइन् ।

यसअघिको निर्वाचनमा वैकल्पिक शक्तिको रुपमा उदाएका राजनीतिक दलहरु विभाजित भएर यो पटक कमजोर बनेकाले सत्ताधारी दलहरु गठबन्धनसहित चुनावी मैदानमा उत्रिएका छन् तिनीहरु विरुद्ध प्रतिस्पर्धीका रुपमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत मैदानमा देखिएका छन् ।

विशेषत राजनितीक पृष्ठभुमि भन्दा अलग पहिचान बोकेका फरक बिधाबाट चुनावी मैदानमा दलहरुले केहि कलाकारहरुलाई समेत उम्मेदवारको रुपमा उठाउदै छ ।

¥यापर बालेन शाह

चर्चीत ¥यापर बालेन शाहले काठमाडौ महानगरको मेयरमा केहि अघिदेखि नै आफ्नो दाबेदारी प्रस्तुत गर्दै आईरहेका छन् । चुनावी प्रचारप्रसारमा समेत उनले घरदैलो गर्दै मत मागेका छन् ।

 राजनीतिक पार्टीहरु सत्ता र स्वार्थमा लिप्त भएको र महानगरको मुहार फेर्न युवा नेतृत्व आवश्यक भन्दै बालेन स्वतन्त्र प्रचारमा छन् । मुख्यतः राजनीतिक पार्टीको क्रियाकलापबाट आजित स्वतन्त्र र युवाको मत बालेनले पाउने देखिन्छ ।


मोडल तथा पुर्व मिस नेवा सुनिता डंगोल

मोडल तथा पुर्व मिस नेवा सुनिता डंगोल पनि स्वतन्त्र रूपमा महानगरको मेयर पदमा उठ्ने घोषणा गरिसकेकी छिन् । नेवार समुदायको बाहुल्यता रहेको महानगरमा युवा उम्मेदवारको रुपमा सुनिताको उपस्थिति देखिन्छ ।

सुनिता मोडलिङसँगै कार्यक्रम होस्ट र नेवारी फिल्ममा समेत सकृय छिन् । सुनिता ‘स्वच्छ, जीवन्त र सांस्कृतिक नगर, व्यवस्थित काठमाडौं महानगर’ नारासहित ८ खम्बे विकासको मोडल सार्वजनिक गरेर चुनावी अभियानमा जोडिएकी हुन् ।


मदनदास श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार मात्रै कलाकार मदनदास श्रेष्ठलाई आफ्नो पार्टीको तर्फबाट महानगरको मेयरमा उठाउने निर्णय गरेको छ । मदनदास उक्त पार्टीको पहिलो रोजाइमा भने थिएनन् । तर पार्टीले अघि सार्न खोजेका नेताहरुले मेयरमा इच्छा नदेखाएपछि मदनदासले मौका पाएका हुन् । उम्मेदवार तय भएसँगै शुक्रबार साँझ उनले अनामनगरमा पार्टी कार्यकर्ता र निकटस्थहरुलाई भेला गरेर निर्वाचनमा होमिन निर्देशन दिइसकेका छन् ।

मुख्यतः काठमाडौंको २९ र ३० नं वडामा पकड रहेको मदनदास घट्टेकुलोका रैथाने हुन् ।

अनामनगर घट्टेकुलो काठमाडौं जिल्लाको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १ नं क्षेत्र हो । जहाँबाट कांग्रेस नेता प्रकाशमान सिंह विजयी हुँदै आएका छन् । उता कांग्रेस पार्टीबाट उनै प्रकाशमानकी श्रीमती सृजना सिंह मेयरको उम्मेदवारका रुपमा खडा हुने भएकी छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद