खनालले १६ अप्रिलबाट महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि क्यानले महाप्रबन्धकका लागि दरखास्त आव्हान गरेकामा ३४ जनाको आवेदन परेको थियो । जसमध्ये क्यानले पहिलो चरणमा १४ जनालाई र यसमध्ये पनि नौजनालाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा भएपछि क्यान अहिले कर्मचारी परिपूर्तिको चरणमा छ ।