क्यानको महाप्रबन्धकमा वृत्तान्त खनाल नियुक्त


खबरस्टोरी संवाददाता
२७ चैत्र २०७८, आईतवार
क्यानको महाप्रबन्धकमा वृत्तान्त खनाल नियुक्त
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजर (जीएम) मा वृतान्त खनाल नियुक्त भएका छन्। क्यानले आइतबार खनाललाई महाप्रबन्धकको जिम्मेवारी सुम्पिएको जनाएको हो । 

खनालले १६ अप्रिलबाट महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि क्यानले महाप्रबन्धकका लागि दरखास्त आव्हान गरेकामा ३४ जनाको आवेदन परेको थियो । जसमध्ये क्यानले पहिलो चरणमा १४ जनालाई र यसमध्ये पनि नौजनालाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा भएपछि क्यान अहिले कर्मचारी परिपूर्तिको चरणमा छ ।