Media Network

क्यानद्वारा कप्तान मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण माग


खबरस्टोरी संवाददाता

२९ कार्तिक २०७८,सोमबार

काठमाडौं । खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै सञ्चारमाध्यममा अभिव्यक्ति दिएका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्टीकारण मागेको छ। 

कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टिकरण सोधिएको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।  “चार खेलाडीले मिडियामा गएर बोल्नु भएको थियो । त्यस विषयमा के कस्तो कारणले मिडियामा गएर बोल्नु परेको हो भनेर क्यानले सोधेको छ,” मल्लले भने, “पत्र पाएको ६ दिनभित्र जवाफ पठाउनू भनेको छौं । उहाँहरुले कस्तो जवाफ दिनु हुन्छ त्यो हेरेर हामी अर्को निर्णय गर्नेछौं ।”

खेलाडी बर्गीकरणका विषयमा कप्तान ज्ञानेन्द्रसहित चार जनाले एक अनलाइन सञ्चार माध्यममा भिडियो अन्तवार्ता दिएर असन्तुष्टि जनाएका थिए । उनीहरुले अभिभावक संस्था क्यानले विभेद गरेको आरोप लगाएका थिए । 



 

Share:
Reaction :
ताजा समाचार
खेलकुद