आज बस्ने भनिएको बैठकको एजेन्डाको विषमा एन्फाले जानकारी गराएको छैन् । तर बैठकमा केही समय अघि राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीचको विवादको विषयमा बैठकमा छलफल हुँने जनाइएको छ ।
दुइ हप्ता अघि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहार प्रति असन्तुष्टि जनाउँदै १० जना सिनीयर खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यस पछि प्रशिक्षक अलमुताइरीले १७ जना नयाँ खेलाडिलाई थपेर प्रशिक्षण गरिरहेका छन् ।
सोही विषयलाई लिएर प्रशिक्षण छोडेका खेलाडीहरुले पत्रकार सम्मेलन सम्बन्धित निकायमा गरएर यो विषयमा निष्पक्ष रुपमा छानबिन हुनुपर्ने माग राखेका थिए ।