खेलाडी–प्रशिक्षक विवाद सुल्झाउन एन्फा कार्यसमिति बैठक बस्दै


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
खेलाडी–प्रशिक्षक विवाद सुल्झाउन एन्फा कार्यसमिति बैठक बस्दै
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितीको आपतकालिन बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी गराएका छन् । 

आज बस्ने भनिएको बैठकको एजेन्डाको विषमा एन्फाले जानकारी गराएको छैन् । तर बैठकमा केही समय अघि राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीचको विवादको विषयमा बैठकमा छलफल हुँने जनाइएको छ ।

दुइ हप्ता अघि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहार प्रति असन्तुष्टि जनाउँदै १० जना सिनीयर खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यस पछि प्रशिक्षक अलमुताइरीले १७ जना नयाँ खेलाडिलाई थपेर प्रशिक्षण गरिरहेका छन् । 

सोही विषयलाई लिएर प्रशिक्षण छोडेका खेलाडीहरुले पत्रकार सम्मेलन सम्बन्धित निकायमा गरएर यो विषयमा निष्पक्ष रुपमा छानबिन हुनुपर्ने माग राखेका थिए ।