Media Network

खेलाडी सङ्घको अध्यक्षमा विक्रम लामा सर्वसम्मत


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)अन्तर्गत फुटबल खेलाडी सङ्घको अध्यक्षमा थ्रिस्टार क्लबका कप्तान विक्रम लामा चुनिएका छन् । 

खेलाडी सङ्घको आज भएको साधारणसभाबाट लामासहित पदाधिकारी र सदस्य निर्विरोध चयन भएका हुन् । सङ्घको उपाध्यक्षमा राष्ट्रिय टोलीका सदस्य विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन चुनिए । 

त्यसैगरी रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्यमा चुनिए । नवनिर्वाचित खेलाडी सङ्घका कार्यसमितिलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशंसापत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना दिए । सङ्घका नवनिर्वाचित अध्यक्ष लामाले खेलाडीको हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद