Media Network

खेलकुदमन्त्रीद्वारा नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्ताव


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री गहतराजले राजदूत गोवीलाई नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्ताव गरेका छन् ।

 राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मन्त्री र राजदूतबीच दुई देशबीचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो । भेटकै क्रममा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि गरेको प्रस्तावमाथि राजदूत गोवीले सहमत भएको मन्त्रालयले  जानकारी दिएको छ ।

दुई देशबीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री गहतराजले राजदूत गोवीमार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका हुन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद