मुम्बईका काइरन पोलार्डले र राइली मेरिडीथले समान २ विकेट लिए ।
१६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउदै मात्र १३२ रनमा समेटियो । मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए भने तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पाण्डेले ३ विकेट लिए ।
जारी आईपीएलमा अहिलेसम्म कुनै पनि जित निकाल्न नसकेको मुम्बई इन्डियन्स सून्य अंकमै सीमित भएको छ । पाँच पटकको च्याम्पियन मुम्बई जारी लिगकमा कमजोर प्रदर्शन गरेको छ । मुम्बईको प्ले अफको सम्भावना समेत सकिएको छ ।
लखनऊ ८ खेलबाट ५ जित सहित १० अंक बनाएर चौथो स्थानमा छ । नवप्रवेशी गुजरात टाइटन्स अपराजित रहँदै १२ अंक जोडेर शीर्ष स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।