Media Network

‘लण्डन टु पेरिस’ सुटिङका लागि लण्डन उडे साम्राज्ञी र गरिमा


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं । ‘लण्डन टु पेरिस’ सुटिङका लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा सोमबार बेलायत प्रस्थान गरेका छन् । साम्राज्ञी शाह र गरिमा शर्माको मुख्य भूमिका रहने फिल्ममा उनीहरुसँगै कलाकारद्वय कबीर खड्का र निश्चल खड्का पनि त्यसतर्फ लागे ।

आगामी सातादेखि बेलायतका तीन सहरमा छायांकन हुने फिल्मको लागि निर्देशक घनश्याम लामिछानेको टोली भने अहिले लण्डनमै छ । लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुनेछ ।

एयरपोर्टमा कालो चश्मा र कालै अवतारमा साम्राज्ञी  हट देखिएकी थिइन् । भ्रमण प्रेमकथामा आधारित यो फिल्म बेलायतदेखि फ्रान्ससम्म नै छायांकन गर्ने तयारी छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद