Media Network

‘म यस्तो गीत गाउँछु २’ को कमाई साताकै ५ करोड


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौँ । हाल प्रदर्शनमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को एक साताको ग्रस कलेक्सन ५ करोड पुग्ने देखिएको छ । निर्देशक तथा निर्माता सुदर्शन थापाले गएको शुक्रबारदेखि यो बिहिबार सम्मको व्यापारिक हिसाब सार्वजनिक गर्दै  ‘म यस्तो गीत गाउँछु २’ ले एक सातामा ४ करोड ९५ लाखको ग्रस कलेक्सन गरेको बताएका छन् । 

अल नेपालबाट फिल्मले गरेको यो कलेक्सन बम्पर हो।  फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ । फिल्म निर्माणमा निर्देशक थापा र नायिका शर्माले सहकार्य गरेका छन् ।

फिल्मका अभिनेता पल शाह यतिबेला नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरी थुनामा छन्। अभिनेता पलको यो दुखद अवस्थालाई मध्यनजर गरेर पनि पब्लिकले चलचित्र मार्फत उनीप्रति सहानुभुति जाहेर गरेको देखिन्छ । पललाई हिरासतमा राखेरै प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद