Media Network

महिला फुटबल–गोदावरीको जीत


खबरस्टोरी संवाददाता

८ कार्तिक २०७८,सोमबार

काठमाडौँ।  गोदावरी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा महालक्ष्मी नगरपालिकालाई ५–३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित दर्ता गराएको हो । गोदावरीको जीतमा दावा डोल्मा लामा र एस्थर तामाङले दुई÷दुई गोल गरिन् भने  यान्जोम रोकायाको नाममा एक गोल रह्यो ।
    
महालक्ष्मीकी कप्तान सरु राईले दुई र  पूजा लामाले एक गोल गरिन् । जीतसँगै गोदावरीले तीन खेलमा तीन अङ्क जोड्यो । महालक्ष्मीको यो लगातार तेस्रो हार हो । समूह ए मा रहेका दुवै टोली बाहिरिसकेका छन् । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् । रासस 
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद