Media Network

महिला युरोः बेल्जियमलाई पराजित गर्दै फ्रान्स बन्यो समूह विजेता


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीवार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २–१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

अघिल्लो खेलमा इटालीलाई ५–१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

खेलमा अग्रता फ्रान्सले बनायो । उसका काडिदिआटोउ डिआनीले छैटौं मिनेटमा गोल गरिन ।  बेल्जियमकि कायमानले ३६औं मिनेटमा गोल गर्दा खेल १–१ को अवस्थामा बढ्यो । तर, पहिलो हाफ सकिन ४ मिनेट अघि एमबोक बाथीले गोल गरेपछी फ्रान्स विजयी भयो ।

समूहमा फ्रान्सको दुई खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका आइसल्यान्डको दुई अंक तथा बेल्जियम र इटालीको समान एक अंक छ  ।

बिहीबार राति भएको खेलमा इटाली र आइसल्यान्डले १–१ अन्तरको बराबरी खेले । आइसल्याण्डकी स्ट्राइकर कोरोलिना लिया बिल्जालमसदोतिरले खेलको तेस्रो मिनेटमै गोल गरी अग्रता लिए पनि दोस्रो हाफको ६२ औं मिनेटमा इटालीकी भ्यालेन्सिया बेर्गामस्चीले गोल गरी खेलालाई बराबरीमा रोकिन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद