Media Network

मुकुन्दराजको शब्द र हरि लम्सालको संगीत रहेको ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२ बैशाख २०७९,शुक्रबार

काठमाडौं।  लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार मुकुन्दराज अर्यालको शब्द, प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको छ । 

नयाँ बर्षको छेको पारेर सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज रहेको छ । गीतको भाव अनुसारको भिडियोमा कथा खोज्न सिपालु निर्देशकहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ  टुवेल नोट्सको अफिसियल च्यानलबाट भिडियोलाई  सार्वजनिक गरिएको हो ।

टुवेल नोट्स द्वारा निर्मित यसअघिका गीतहरु ‘परानै दिन्छु’ र  ‘परानै दिन्छु २’ मा पनि दया  र लक्ष्मीको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद