Media Network

मलेसियामाथि नेपालको सानदार जित


खबरस्टोरी संवाददाता

२० चैत्र २०७८,आईतवार

काठमाडौं ।  त्रिकोणात्मक टी–२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो ।नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको छ । फाइनलमा अब नेपालले पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।






Share:
Reaction :
ताजा समाचार
खेलकुद