मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल


खबरस्टोरी संवाददाता
१६ चैत्र २०७८, बुधबार
मलेसियाविरुद्ध  टस हारेर फिल्डिङ गर्दै नेपाल
काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी– २० खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो । शृंखलाको यो तेस्रो खेल हो ।

यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई १५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियाले पिएनजीलाई आठ रनले पराजित गरेको थियो ।