Media Network

मल्टीप्लेक्समा ‘चपली हाईट ३’ को धमाकेदार इन्ट्रि


खबरस्टोरी संवाददाता

२९ पुष २०७८,बिहीबार

काठमाडौं । कोरोना महामारी बिच पनि रिलिजमा आउन लागेको नेपाली फिल्म ’चपली हाइट ३ ’ भोलिबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ ।कैयौँ पटक रिलिजको मिति सारिँदा सारिँदा अन्त्यमा यो फिल्मले पुष ३० लाई रोजेको ’चपली हाइट ३ नेपाली सिने बजारलाई चलायमान गर्ने दरिलो आश बोकेको फिल्म मानिएको छ ।

यतिबेला कुनै पनि फिल्म प्रदर्शन आउन नमान्दा ‘चपली हाइट ३’ ले मल्टीप्लेक्सहरुमा उच्च शो हात पारेको छ । नेपालको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूफएक्सले आफ्नो ९ वटा मेजर स्टेसनमा २६ शो दिएको छ । बिहीबार साँझसम्म अरू शो बढ्नेमा निर्माण टिम आशावादी छ । त्यस्तै, फिल्मले क्यूज सिनेमाज्मा ५ शो, कीर्तिपुर सिनेप्लेक्समा २ शो, एफक्यूब सिनेमाज्मा ५ शो, सिडिसी सिनेमाज्मा ५ शो, बिग मुभिजले ४ शो, आइएनआइ सिनेमाज्मा ४ शो पाएको छ । बुधवारबाट काठमाडौँसहित मोफसलका मल्टीप्लेक्सहरुले फिल्मको बुकिङ खुलाएका छन् । 

सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद