काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँको टिकट दर तोकेको एन्फाले जनाएको छ । दबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।