मिस वर्ल्डको उपाधि पोल्यान्डकी कारोलिनालाई, नेपालकी नम्रता टप ३० मा सीमित


खबरस्टोरी संवाददाता
३ चैत्र २०७८, बिहीबार
मिस वर्ल्डको उपाधि पोल्यान्डकी कारोलिनालाई, नेपालकी नम्रता टप ३० मा सीमित

काठमाडौँ। यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन्।  अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा ४० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । 

यसअघि सन् २०१९ की विश्व सुन्दरी जमैकन टोनीएन सिंहले उनलाई विश्व सुन्दरीको ताज पहिर्‍याएकी थिइन् । त्यस्तै अमेरिकाकी स्री साइनी र ओलिभिया एस क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए । पोल्यान्डबाट विश्व सुन्दरी हुने क्यारोलिना दोस्रो प्रतिस्पर्धी हुन् ।


यसअघि गत डिसेम्बरमै हुने भनिएको फाइनल कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको थियो। यता नेपालको तर्फबाट सहभागी मिस नेपाल नम्रता श्रेष्ठ भने टप ३० मा मात्र सीमित भइन्।