Media Network

मेसीको जर्सी साढे ४ लाख डलरमा बिक्रि


खबरस्टोरी संवाददाता

२१ बैशाख २०७९,बुधबार

काठमाडौँ । फुटबलर लियोनेल मेसीको एक जर्सी साढे ४ लाख डलरमा बिक्रि भएको छ ।

मेसीले आफ्नो क्यारियरको ५००औँ गोल गर्दा लगाएको जर्सी अनलाइन अक्सनमा हालै साढे ४ लाख डलरमा बिक्रि भएको हो ।

मिडिया रिपोर्टका अनुसार मेसीले २०१७ मा भएको एल क्लासिकोमा गरेको गोल, जुन उनको क्यारियरको ५०० औँ गोल थियो, सो गोल गर्दा लगाएको जर्सीको अन लाइन अक्सनमा साढे ४ लाख डलरमा बिक्रि भएको हो ।मेसीले सो गोल गरेपछि आफ्नो जर्सी निकालेर रियल म्याड्रिडका फ्यानलाई देखाउदै गोलको सेलिब्रेशन गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद