काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग बराबरीमा रोकिएको छ ।
शनिबार राति सम्पन्न खेलमा घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड रेलिगेसन जोनमा रहेको वाटफोर्डसँग गोलरहित बराबरीमा रोकिएको हो । प्रिमियर लिगमा पछिल्ला ६ खेलमा युनाइटेडको यो तेस्रो बराबरी हो ।
अहिलेसम्म प्रिमियर लिगमा २७ खेल खेलेको युनाइटेड १३ जित र ६ हारसहित ८ खेलमा बराबरी खेलेको छ । युनाइटेड हाल लिगमा ४७ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।
त्यस्तै वाटफोर्डको भने २६ खेलमा १९ अंक रहेको छ र लिगको १९औं स्थानमा रहेको छ ।