सेन्ट्रल कोर्टमा पहिलो सेट ६–२ ले जितेका जोकोभिचले दोस्रो सेट ४–६ ले गुमाएका थिए । तेस्रो र चौथो सेट भने क्रमश जोकोभिचले १०४औं वरियताका भानबिरुद्द ६–१ र ६–२ ले जिते ।
अब २० पटक ठूला उपाधि जितिसकेका ३५ वर्षिय जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटालीयम जानिक सिनेरको सामना गर्नेछन् ।
१०औँ वरियताका सिनेरले स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई ६–१ ६–४ ६–७ (८–१०) ६–३ ले पराजित गरे ।
जोकोभिच १३औं पटक बिम्बल्डनको क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।