नोभाक जोकोभिच अन्तिम आठमा


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
नोभाक जोकोभिच अन्तिम आठमा
काठमाडौं । साबिक विजेता नोभाक जोकोभिच सातौँ विम्बल्डन टेनिस प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेका छन् । चौथो सेटमा डच खेलाडी टिम भान रिजथोभेनलाई ३–१ ले हराउदै डिफेन्डिङ च्याम्पियन जोकोभिच अन्तिम आठमा प्रवेश गरेका हुन् । 

सेन्ट्रल कोर्टमा पहिलो सेट ६–२ ले जितेका जोकोभिचले दोस्रो सेट ४–६ ले गुमाएका थिए । तेस्रो र चौथो सेट भने क्रमश जोकोभिचले १०४औं वरियताका भानबिरुद्द ६–१ र ६–२ ले जिते । 

अब २० पटक ठूला उपाधि जितिसकेका ३५ वर्षिय जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटालीयम जानिक सिनेरको सामना गर्नेछन् । 

१०औँ वरियताका सिनेरले स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई ६–१ ६–४ ६–७ (८–१०) ६–३ ले पराजित गरे । 

जोकोभिच १३औं पटक बिम्बल्डनको क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।