Media Network

प्रियंकाको प्रश्नः नाबालिगले ‘म पीडित हुँ’ भन्दा चरित्रमाथि नै प्रश्न उठाउने ?


खबरस्टोरी संवाददाता

१९ फाल्गुन २०७८,बिहीबार

काठमाडौ । नायिका प्रियंका कार्की पल समीक्षा प्रकरणमा आफ्नो मतसहित देखापरेकी छिन्। सामाजिक सञ्जालमा उनले लेख्दै भनेकी छन् –

दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले “म पीडित हुँ“ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।

नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ’निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ’म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। 

बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।

नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा हिरासतमा रहेका मोडल तथा अभिनेता पल शाह प्रकरणमा कलाकारहरु आ आफ्नो धारणासहित पक्ष विपक्षमा देखिएका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद