Media Network

नाबालिगले सहमतिमै सम्बन्ध राख्न चाहे पनि ‘हुन्न’ भन्ने काम वयष्कको हो : श्रृंखला खतिवडा


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौं । हाल अभिनेता पल शाह बलात्कारको आरोपमा हिरासतमा रहेका छन् । नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा उजुरी दिएपछि उनले आफै आत्मसमर्पण गरेर तनहुँ पुगेका थिए । यसै विषयलाई लिएर हाल सामाजिक सञ्जाल तातिरहेको बेला यस विषयमा कलाकारहरु बोल्न थालेका छन् । अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा, बिनिता बराल लगायतले नाबालिगको पक्षमा खुलेर बोलेका छन् ।

त्यस्तै, आज पुर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि मुख खोलेकी छिन् । एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको खतिवडाको भनाइ छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत खतिवडाले लेखेकी छिन्,‘कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् ।’

मानिसहरुले एक नाबालिगलाई भन्दा ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेकोमा आफुलाई विश्वास नभइरहेको उनको भनाइ छ । यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न नसक्ने उनले बताएकी छिन् । नाबालिग जताततै अन्तरवार्तामा आउनुलाई खतिवडाले अपरिपक्कको संज्ञा दिएकी छिन् ।

पुर्व मिस नेपाल खतिवडाले ती नाबालिगलाई आत्मबल बलियो बनाउन सुझाव समेत  दिएकी छिन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद