नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा
काठमाडौँ । स्पेनिस टेनिस खेलाडी राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा उनले अमेरिकाका टेलर फ्रिट्जलाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन् । दोस्रो वरियताका नाडालले ११ औं वरीयताका टेलरलाई माथि ३–६,७–५,३–६,७–५ र ७–६ (१०–४) को सेटमा पराजित गरे । 

नाडालले अब फाइनल प्रवेशका लागि निक क्रिगोससँग खेल्ने छन् ।

घाइते भई नाडालले अघिल्लो खेलमा पेटमा पट्टी लगाएका थिए । अझै पनि पूर्ण रुपमा निको नभएका नाडालले फरक तरिका अपनाउँदा जित हासिल गरेको प्रतिक्रिया दिएका छन् ।