Media Network

‘नाइँ नभन्नु ल ६’मा आँचल शर्मा


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’६ मा अभिनेत्री आँचल शर्माले काम गर्ने मौखिक सहमति भइसकेको छ ।

 फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको आचार्यले बताए । आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् ।

‘नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिंदै आएका बालकलाकार अनुभव रेग्मी भने उमेर बढेका कारण यो फिल्ममा अटाउने छैनन् । 

फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु गरिने पनि निर्देशक आचार्यले बताए । केही दिनमै पत्रकार सम्मेलन गरेर ‘नाइँ नभन्नु ल ६’को विषयमा औपचारिक जानकारी दिइने बताइएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद