Media Network

नेपाल आइडल- ४ काे विजेता भुपेन्द्र थापा


खबरस्टोरी संवाददाता

६ चैत्र २०७८,आईतवार

काठमाडौँ। लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन-४ को उपाधि विजेता भूपेन्द्र थापामगर बनेका छन्। एपी वान च्यानलबाट गायन प्रतिभा चाैथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन् । 

उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएकाे ग्राण्ड फिनालेमा थापा चाैथाे संस्करणकाे सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन् । थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित विभिन्न स्पाेन्सरबाट पुरस्कृत भएका छन् ।

थापा टप पाँचमा परेपछि गत साता भैरहवा भाेटकाे अपिलका लागि पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपाेर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् । त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद