काठमाडौँ। उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ ।
बंगलादेशको ढाकास्थित शाहिद सूरवार्दी इण्डोर स्टेडियममा नेपालले प्रतिस्पर्धात्मक खेलमा २६–२४, २४–२६, २५–१५, २५–२२, १५–११ को सेट जित हासिल गरेको हो ।