नेपाल बन्यो एसियन सेन्ट्रल जोन च्यालेन्जको च्याम्पियन


खबरस्टोरी संवाददाता
१३ पुष २०७८, मंगलवार
नेपाल बन्यो एसियन सेन्ट्रल जोन च्यालेन्जको च्याम्पियन

काठमाडौँ।  उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । 

बंगलादेशको ढाकास्थित शाहिद सूरवार्दी इण्डोर स्टेडियममा नेपालले प्रतिस्पर्धात्मक खेलमा २६–२४, २४–२६, २५–१५, २५–२२, १५–११ को सेट जित हासिल गरेको हो ।