Media Network

नेपाली फिल्म ‘कबड्डी ४’ सिक्किममा प्रदर्शन गर्न नपाइने


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ । भातरको सिक्किममा नेपाली फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्न नपाइने भएको छ । 

सिक्किम सरकारले त्याँहा उक्त्त फिल्म प्रदर्शनमा रोक लगाएको हो । सक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनता, विभिन्न संस्था र संगठनहरुको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवादलाई स्वीकार्य रुपमा समाधान नभए सम्म ‘कबड्डी ४’   फिल्मलाई सिक्किम राज्यमा प्रदर्शनमा रोक लगाउने निर्णय गरेको बताएका छन् । 

केही समय अघि बौद्ध भिक्षु फुर्वा लामा र कबड्डी ४ की अभिनेत्री मिरुना मगर विचको विवादका रकाण हाल यो फिल्म विवादमा तानिएको छ । गत साता अल इन्डीया बुद्धिस्ट फोरमसहित त्यहाँका बौँद्ध भिक्षुहरुले पत्रकार सम्मेलन गरी सिक्किममा यो फिल्म प्रद्धर्शनमा रोक लगाउन माग गरेका थिए । शुक्रबार देखि यो फिल्म सिक्किममा प्रदर्शन गर्ने तयारी रहेको थियो । 

 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद