काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका पुबुदु दसानायके क्यानाडाबाट आज (सोमबार) नेपाल आउँदैछन्। उनले सामाजिक सञ्जालमा ‘नयाँ यात्रा, नेपालतर्फ’ भनेर लेखेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले गएको मंसिर २५ गते पुबुदुलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। यससँगै उनी दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। यसअघि सन् २०११ देखि २०१५ सम्म पुबुदु नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक रहेका थिए।
डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन बनेको नेपाली क्रिकेट टोलीले तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो।