Media Network

नेपाल ओमानसँग १३ रनले पराजित


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानसँग १३ रनले पराजित भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ सम्हालेको ओमान १३ रनले विजयी भयो । 

 ओमानले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा १९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रनको योगदान दिए भने देव खनालले ३४ रन बनाए । रोहित पौडेलले १७ बलमा २० रन बनाए । ओमानका लागि जिसान महमुद र खवार अलीले ३–३ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो । ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेल्दै १२६ बलमा १२ चौकाको मद्दतमा १०४ रन जोडे । 

त्यस्तै, खवार अलीले ३० रनको योगदान गर्दा सविब खानले २७ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

यसअघि २०२१ को सेप्टेम्बरमा लिग टु अन्तर्गत नेपालले ओमानलाई उसैकै गृह मैदानमा ७ विकेटले हराएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद