नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन मात्रै बनाएको हो ।
रोहितले १०७ बल खेल्दै ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाएका थिए । उनले नेपालका लागि एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने । यसअघि पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान भंग गरेका छन् ।
पीएनजीका लागि कार्लेस एमिनीले सर्वाधिक ७७ रनको अर्धशतक बनाए । १०३ बलमा उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।